आज :

युक्रेनका डोनेट्स्क र लुहान्सकक्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता, सो क्षेत्रमा रुसी सेना जाँदै

काठमाडौं । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ । केही दिनदेखि युक्रेन सीमा क्षेत्रमा जारी तानवकै बीच रुसले यो निर्णय गरेको छ । सीमा क्षेत्रमा एक लाखभन्दा बढी रुसी सैनिकहरुले अझै अभ्यास गरिरहेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले वि.द्रोही समूहको नियन्त्रणमा रहेका डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गर्दै सो क्षेत्रमा रुसी सैनिक पठाउने आदेशमा हस्ताक्षर गरेका छन् । शान्ति स्थपनाको लागि दुबै क्षेत्रमा छिटै रुसी सैनिक प्रवेश गर्ने छन् ।

यक्रेनको पूर्वी क्षेत्रमा रहेका यी दुई क्षेत्रमा लामो समयदेखि नागरिकले स्वतन्त्रको लागि संघर्ष गरिरहेका छन् । पश्चिमा राष्ट्रहरुले रुसले आफ्ना नागरिकलाई सो क्षेत्रमा पठाएर तनाव सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति पुटिनले आदेशमा हस्ताक्षर गर्दै दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने बताएका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र आएको बताउँदै आएको छ ।

रुसको पछिल्लो कदमले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै अमेरिकासहित अन्य पश्चिमा देशहरुले रुसको आलोचना गरिरहेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको नि न्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ । न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बस्दैछ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशको सिमाना परिवर्तन नहुने बताए । उनले यो कदम युक्रेनको सम्प्रभूता र क्षेत्रीय अखण्डताको उलंघन भएको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal