आज :

एमसीसी टेबुल गर्ने तयारीः नेपाल बन्द र पक्षमा उभिने सांसदलाई कालोमोसो दल्ने चेतावनी

काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने तयारी भइरहँदा सडकमा विरोध प्रदर्शन सुरु भएको छ । विप्लव नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चा, अभियान्ताहरुले आजैबाट विरोध सुरु गरेका छन् ।

मोर्चाले भोलि संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । अमेरिकी साहयक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोनमार्फत दिएको धम्कीपूर्ण भाषाले एमससीविरुद्धको अनवरत सङ्घर्षमा गम्भीर चुनौती थपिएको निष्कर्ष निकाल्दै मोर्चाले भोलि (फागुन ४ गते) देशभर संयुक्त विरोध प्रदर्शनका साथै सभाहरु गर्ने निर्णय गरेको छ ।

संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवदी केन्द्र समाजवादीका संयोजक कर्णजित बुढाथोकी, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुतीले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप, दादागिरी र हेपाइको भत्सर्ना गरिएको छ ।

६ दलीय गठबन्धनका नेताहरुले संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने सरकारको षड्यन्त्रलाई चकनाचुर पार्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

त्यसैगरी विभिन्न अभियान्तहरुले पनि एमसीसीको विरोधमा काठमाडौँसहित विभिन्न शहरमा विरोधका कार्यक्रम जारी राखेका छन् ।
एमसीसीको विरोधमा संघर्षरत ६ दलीय मोर्चा र विभिन्न संरोकारवालाहरुले संयुक्त रुपमा विरोधका कार्यक्रम गर्नेबारे पनि छलफल भइरहेको छ ।

नेताहरुका अनुसार एमसीसी संसदबाट पारित गरिए नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, एमसीसीको पक्षमा उभिने सांसदहरुलाई निर्वाचन क्षेत्रमा बहिस्कार गर्नेदेखि कालोमोसो दल्नेसम्मका कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal