आज :

जनयुद्ध दिवसमा प्रचण्डको अपील- परिवर्तनको लागि लडेका शक्तिहरु एक भएर षड्यन्त्रलाई परास्त गरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनताको बलिदानीबाट प्राप्त परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताउँदै  जनयुद्ध लडेका  शक्तिहरु एकताबद्ध हुन अपील गरेका छन् । प्रचण्डले २७ औं  जनयुद्ध दिवसको अबसरमा आइतबार बिहान एक सन्देशमार्फत सो अपील गरेका हुन् ।

जनयुद्धको पहलकर्ता र नेतृत्वकर्ता समेत रहेका प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै विभिन्न खेलमा रहेका माओवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् । उनले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध समेत गरेका छन् ।

प्रचण्डले जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित उनले देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध हुन समेत अपील गरेका छन् । २०५२ साल फागुन १ गते प्रचण्डको नेतृत्वमा सुरु भएको जनयुद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । यही दिन माओवादीहरुले जनयुद्ध दिवसको रुपमा मनाउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal