आज :

लिपुलेक-लिम्पियाधुरासहित नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिलाको संख्या बढी

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणना-२०७८ को नतिजा सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको छ ।

यसअघि जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

जनगणनमा भारतले हस्तक्षेप गरिरहेको दार्चुलाको लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ । यो क्षेत्रको जनसंख्या कति छ भन्नेबारे विस्तृत प्रतिवेदनमा आउने विभागले जनाएको छ ।

यसमा सबैभन्दा कम जनसंख्या वृद्धिदर गण्डकी प्रदेशमा भएको पाइएको छ । विभागको तथ्यांकअनुसार गण्डकी प्रदेशमा जनसंख्या २४ लाख ७९ हजार ७ सय ४५ जना रहेको छ । २०६८ सालमा जनगणनामा गण्डकीमा २४ लाख ३ हजार ७ सय ५७ जनसंख्या रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal