आज :

विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) ले यसकारण गर्यो भानुभक्त स्कूलमा तालाबन्दी

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौँले पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले तालाबन्दी गरेको छ । विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारीले विगत ५ वर्षदेखि नि.मा.वि. तहमा अंग्रेजी विषय अध्यापन गराउदै आइरहेका शिक्षक शिवप्रसाद जैसीलाई विना कारण निकालिएको भन्दै पुर्नवहालीको मागसहित प्राध्यानाध्यापक र लेखा कक्षमा बिहिबार तालाबन्दी गरेको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज गोविन्द विष्ट तथा जिल्ला संयोजक हस्त विकले एक प्रेस वक्तव्य जारी गरी सङ्गठनले स्कुल प्रशासनसँग पटकपटकको छलफल गर्दा पनि उक्त समस्या हल गर्न स्कुल प्रशासन तयार नभएपछि चेतावनी स्वरुप प्रधानाध्यापक कक्ष र लेखा शाखामा तालाबन्दी गरेको बताएका छन् ।

विनाकारण हटाइएका शिक्षक जैसीलाई पुनर्वहाली नगरिए कडा आन्दोलन गर्ने चतावनी सहित विज्ञप्ती जारी गरिएको छ ।

प्रेस वक्तव्यको पूरा पाठः 

हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) निरन्तर शैक्षिक क्षेत्रको रुपान्तरणसँगै समाजमा व्याप्त सबैखाले अन्याय, अत्याचार, विभेद र शोषणका विरुद्ध सङ्घर्ष गर्दै आदर्श समाज निर्माणको पक्षमा छ । यही सन्दर्भमा पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलले विगत ५ वर्षदेखि निमावि तहमा अंग्रेजी विषय अध्यापन गराउँदै आइरहेका शिक्षक शिवराज जैसीलाई बिनाकारण निकालिएको घट्नापश्चात् हाम्रो सङ्गठनले विभिन्न चरणमा शिक्षक जैसीको निःसर्त पुनर्वहालीको मागसहित स्कुल प्रशासनसँग छलफल गरिसकेको छ ।

आवश्यक रहुन्जेल भरपुर प्रयोग गरी शिक्षकलाई बिचसडकमै छोडिदिने स्कुल प्रशासनको उपयोगवादी हर्कतलाई कुनै पनि वहानामा स्विकार्न सकिँदैन । राज्यका विभिन्न निकायद्वारा गरिएको निर्देशन र हाम्रो सङ्गठनसँगको पटक–पटकको छलफलपश्चात् पनि उक्त समस्या हल गर्न स्कुल प्रशासन तयार नभएपछि हाम्रो सङ्गठनद्वारा चेतावनीस्वरुप प्रधानाध्यापक कक्ष र लेखा शाखामा तालाबन्दी गरिएको छ । तत्काल शिक्षक शिवराज जैसीलाई पुनर्वहाली नगरे सङ्गठन जस्तोसुकै सङ्घर्ष गर्न बाध्य हुनेछ । जसले निम्तिने परिस्थितिको जिम्मेवार स्कुल प्रशासन हुनेछ । क्रान्तिकारी अभिवादनसहित !

भानुभक्त मेमोरीयल स्कुलमा  तालाबन्दीकाे कारण इन्चार्ज विष्ट यसरी प्रष्ट पार्छनः

– ५ वर्षदेखि निरन्तर शिक्षण पेशामा आवद्ध शिक्षक शिवप्रसाद जैसीलाई विनाकारण हटाइएकोले ।

– विद्यार्थीमाथि  यौन दुव्र्यवहार गर्ने शिक्षकलाई संरक्षण गरेकोले ।

– आर्थिक आयव्याय प्रस्तुत नगरेकोले ।

– स्कूलमा आवश्यक सामाग्री खरीदमा व्यापक भ्रष्टाचार गरेकोले ।

– प्रधानाध्यापकले दोहोरो सुविधा लिईरहेको कारणले ।

– दक्ष शिक्षकलाई निष्कासन गरी अदक्ष शिक्षकलाई शिक्षण  गर्न लगाई विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेकोले ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal