आज :

नेपालमै एसेम्बल गरिएको इलेक्ट्रिक याक बाइक-स्कुटर बजारमा

काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।

यसले वातावरणमा मात्र ध्यान केन्द्रित गर्दैन तर यो नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ र यसको अद्वितीय ब्रान्डिङ पनि हो । जुन याक बाइकहरूको आकर्षक कारक हुन सक्छ ।

जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नोपलको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पु¥याउने बताए । विश्वभरी अहिले दुई प्रकारका पर्यावरणीय चुनौतीहरूको सामना गर्दै गरेकोले प्राकृतिक स्रोत र जलवायुको प्रभाव तथा इन्धनको ह्रासबाट उत्पन्न हुने समस्यामा जुधिरहेका उनीहरुले बताएका छन् । जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि देश जिम्मेवार नभई भविष्यमा अझ गम्भीर हुन सक्ने असरको सामना गर्नुपर्ने हुन्छ ।

विकासको दिगोपन भनेको वातावरणको व्यवस्थापन र आज हामीले प्रयोग गर्ने स्रोतसाधनमा धेरै निर्भर हुने कुरा बुझेको र आजको स्रोत व्यवस्थापनमा खर्च हुने विश्वासका साथ याक बाइक उत्पादन गरिएको जैष्णवी ग्रुपले बताएको छ ।

इको–फ्रेन्डली ई–सावरी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसङ्ख्याको समाधान प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुने कम्पनीले बताएको छ ।

हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्ने र पेट्रोलियम  पदार्थको आयात कटौती गर्ने उद्देश्यले आफूले नेपालमा एसेम्बल गर्ने सोँचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएको ग्रुपले जनाएको छ ।

याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल भएको र यसले प्रयोगकर्तालाई आराम प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ र जसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुर्योउने छ । 0

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal