आज :

२८ गते एमसीसी संसमा टेबुल गर्ने तयारी, २६ दलीय मोर्चा सडकमा 

काठमाडौं । सरकारले यही २८ गते मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरुबीच छलफलमा एमसीसी टेबुल गर्ने भित्री सहमति भएको बताइएको छ ।

सरकारको तयारीको विरोध जनाउँदै २६ दलीय संयुक्त मोर्चाले मंसिर २४ गतेदेखि सडक संघर्ष गर्ने भएको छ । ‘एमसीसी सम्झौता पारित गर्ने षड्यन्त्रविरुद्ध मङ्सिर २४ गते हुने सशक्त विरोध प्रदर्शनमा सहभागी बनौं !’ भन्ने मूलनाराका साथ २६ वटा राजनीतिक संगठनले मंसिर २४ गते विरोध प्रदर्शनको तयारीमा छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समितिका सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले यसअघि विज्ञप्ति जारी गरेर सो घोषणा गरिसकेका थिए ।

“यही मङ्सिर १६ गते देउवा नेतृत्वको गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मङ्सिर २८ गते संसद्को अधिवेशन बोलाइएको छ । अमेरिकी उपविदेशमन्त्रीद्वारा एम.सी.सी. पारित गर्नका लागि तोकिएको समयसीमाभित्र बोलाइएको अधिवेशन त्यसै प्रयोजनका लागि हो भन्ने स्पष्ट छ” विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्झौता पारित भयो भने नेपालले आफ्नो स्वाधीनता गुमाउनुपर्ने र देश विदेशी शक्तिहरुको क्रिडास्थल बन्ने गजुरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसरी एमसीसी सम्झौतालाई ‘राष्ट्रघाती सम्झौता’ भएको ठहर गर्दैै खारेजीको जोडदारमागसहित सडक संघर्षमा उत्रने २६ वटा राजनीतिक संगठनहरुमा १. नेकपा (क्रान्तिकारी माओवादी) २.नेकपा (माले) ३. नेपाल कम्युनिस्ट पार्टी ४. नेपालका लागि नेपाली ५. उन्नत लोकतन्त्र पार्टी ६. नेपाल कम्युनिस्ट पार्टी ७. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ८. नेकपा (माओवादी केन्द्र समाजवादी) ९. नेकपा (माओवादी मोर्चा) १०. राष्ट्रिय जागरण मञ्च ११. जनसमाजवादी पार्टी १२. नेकपा (संयुक्त) १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी १४. नेकपा (बोल्शेविक) १५. एम.सी.सी. खारेज अभियान १६. पुष्पलाल अध्ययन समाज १७. स्वतन्त्र राष्ट्रिय अभियान १८. नेकपा माक्र्सवादी (पुष्पलाल) १९. राष्ट्रिय जागरण अभियान २०. नेकपा (जनवादी) २१. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) २२. माक्र्सवादी एकता अभियान २३. नेकपा (माक्र्सवादी) २४. राष्ट्रिय समाजवादी मञ्च, नेपाल २५. राष्ट्रिय जागरण परिषद् नेपाल, २६. समाजवादी ज्ञान केन्द्र रहेका छन् ।

यसैबीच क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनहरुले एमसीसी खारेजीको लागि सडक संघर्ष सुरु गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal