आज :

सर्केगाडमा चन्द्रसिंह कार्कीको नेतृत्वमा ५५ सदस्यि माओवादी गाउँकमिटी निर्वाचित

नवनिर्वाचित कार्यसमितिले सबभन्दा पहिला आफू पार्टीको नीति अनुसार चल्ने, जनसम्बन्ध सुधानर्,े समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि जनसंगठनहरु परिचालन गरि समृद्ध सर्केगाड बनाउने अभियान अगाडी बढाउन पर्छ ः डा.रोकाया

हुम्ला ।  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा चन्द्रसिंह कार्कीको नेतृत्वमा ५५ सदस्यि माओवादी गाउँकमिटी निर्वाचित भएको छ । आज भएको बन्द सत्रबाट कृष्ण रोकाया, छवि थापा र अकिल बुढा उपाध्यक्षमा, बम बहादुर शाही सचिव, सह–सचिबमा दिपक शाही, शेरबहादुर रोकाया कोषाध्यक्षमा, सदस्यमा कुशुम रावत, लालबहादुर बुढा गोरबहादुर सुनारसहित ५५ सदस्यि नयाँ कार्य समिति चयन भएको छ ।

यसैगरी सम्मेलनले प्रदेश प्रतिनिधिका लागि देवकी तिमल्सिना, कमल बहादुर ऐडी, ज्ञानसिं विक, कुशुम कार्की सहित नौ जनालाई निर्वाचित गरेको छ । उनिहरुलाई नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य डा.दीपेन्द्र रोकायाले नव निर्वाचित कार्यसमितिलाई अविर तथा खादा लगाएर बधाई तथा शुभकामना दिए । उनले भने,“नवनिर्वाचित कार्यसमितिले सबभन्दा पहिला आफू पार्टीको नीति अनुसार चल्ने, जनसम्बन्ध सुधानर्,े समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि जनसंगठनहरु परिचालन गरि समृद्ध सर्केगाड बनाउने अभियान अगाडी बढाउन पर्छ ।” आजै नवर्निवाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal