आज :

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । ताइवान र व्यापार यु.द्धमा रहेका दुई शक्त सम्पन्न देशका राष्ट्रपतिबीच वार्ता हुन भएको छ । चिनियाँ  चीनका राष्ट्रपति सी चिन फिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको बताएको छ । दुई बीच बढ्दो विवादलाई घटाउन सी र बाइडेनबीच छलफल हुने बताइएको छ । आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ ।

छलफलमा चिनियाँ राष्ट्रपतिले सीले ताइवानबारे अमेरिकाको पछिल्लो धारणाबारे पनि जिज्ञासा राख्ने बताइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले ताइवान मुख्य एजेण्ड रहेको समेत समाचारमा उल्लेख गरेका छन् । त्यस्तै अमेरिकाले चिनियाँ कम्निकेशन कम्पनीमाथि लगाएको प्रतिबन्धरबाे पनि छलफल हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले वार्तालाई पुष्टी गर्दै दुई देशबीचको सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन अमेरिकाले चीनसँग मिलेर काम गर्नेमा आफू आशावादी रहेको बताए ।

पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको छ । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal