
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । जनमुक्ति सेनाले दिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् ।
कोरोनाविरुद्धको लडाइँमा नेपाली सेनालाई खोप र स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको जनमुक्ति सेनाले थप ३ लाख डोज खोप दिएको हो । जनमुक्ति सेनाले खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।
नेपाली सेनाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।