आज :

एमालेमा तेस्रो धारका नेताहरु संकटमा, सरकारबाट प्रचण्ड- माधवले लखेट्दै, पार्टीबाट ओली-बादलले

काठमाडौँ । नेकपा (एमाले) भित्रको तेस्रो धारका नेताहरु संटकमा पर्दै गएका छन् । पार्टी विभाजनमा माधव कुमार नेपालको साथ छोडेर एमालेमै फर्किएर तेस्रो धार बनाएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुमाथि अस्तित्वको संकट आइलागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले विभाजनको पूर्वसन्ध्यामा पार्टी एकताको लागि तयार गरिएको १० बुँदे सहमित कार्यान्वयन गर्ने वचन दिएपछि उपाध्यक्ष रावलसहितका नेताहरु नेपालसँगको लामो साथ छोड्दै एमालेमै फर्किएका थिए । पार्टीभित्र अध्यक्ष ओली पक्षधरले पेल्न थालेको भन्दै उनीहरुले तेस्रो धार समेत बनाएका छन् ।

यो तेस्रो धारमा उपाध्यक्ष रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, रघीजी पन्तलगायतका नेताहरु रहेका छन् । माधव नेपाललाई छोडेर रातारात मुख्यमन्त्री भएका भीम आचार्यको भोलि बिदाई हुँदैछ । पार्टी विभाजनपछि विश्वासको मत लिनुपर्ने भएकोले शुक्रबार विश्वास सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका छन् ।

मुख्यमन्त्री आचार्यको प्रस्तावमाथि भोलि मतदान हुनेछ । योसँगै प्रदेश नम्बर १ मा भोलिबाट एमालेले सरकारबाट हात धुनु पर्नेछ । त्यस्तै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको प्रस्तावमा कात्तिक १० गते मतदान हुने भएको छ । यही दिनबाट बागमतीबाट पनि एमाले सरकार ढल्ने निश्चित छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले प्रस्ताव राख्दै गर्दा उनकै पार्टी एमाले नै उपस्थित भएन । यसलाई शाक्यलाई अपमान गरिएको रुपमा हेरिएको छ ।

त्यसैगरी तेस्रो धारका नेताहरु पार्टीभित्रै पनि अपमानित हुने अवस्था सिर्जना भएको बताइन्छ । १० बुँदे सहमति कार्यान्वयनको कार्यदलको संयोजकबाट भीम रावलले राजिनामा दिने घोषणा गरिसकेका छन् । उनले १० बुँदे कार्यान्वयन गर्न अध्यक्ष ओली सकारात्मक नभएको भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका थिए ।

केही दिन पहिले अध्यक्ष ओलीले बागमती प्रदेशको बैठकमा १० बुँदेविरुद्ध बोलेपछि रावलले सार्वजनिक रुपमै त्यसको विरोध जनाएका थिए । शुक्रवार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि नेता रावलले कार्यदलको सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरेको थिए ।

उपाध्यक्ष रावलले पार्टीको विधि, प्रक्रिया र निर्णय विपरीत दुई जना केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेकोमा पनि फरक मत समेत राखेका छन् ।

यसैबीच एमालेको १० औं राष्ट्रिय महाधिवेशनको तयारी पनि अध्यक्ष ओलीले एकलौटी रुपमा गर्न थालेको तेस्रो धारका नेताहरुको आरोप छ ।

एमाले विरासत बोकेका नेताहरुलाई पाखा लगाउँदै ओलीले पूर्वमाओवादी नेता रामबहादुर थापाको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी गरेका छन् । यसमा पनि तेस्रो धारका नेताहरुले असहमति जनाएका छन् ।

एमालेमा अहिले तेस्रो धारका नेताहरु दोहोरो चेपुवामा छन् । उनीहरुलाई सरकारबाट सत्त गठबन्ध दलहरुले लखेटिरहेका छन् भने पार्टीमा अध्यक्ष ओलीले बेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal