
काठमाडौँ । अखिल (क्रान्तिकारी) को अध्यक्ष पञ्चा सिंह चयन भएकी छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारकिो २२ औं राष्ट्रिय सम्मेलनबाट सिंह अध्यक्ष चयन भएकी हुन् । अध्यक्षका दाबेदार धेरै भएपछि अध्यक्ष चयन गर्ने अधिकारी स्थायी समितिले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
अध्यक्ष प्रचण्डले जारी बन्दशर्तमा सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएका थिए भने अन्य पदाधिकारीबारे छलफल जारी रहेको छ । संगठनका उपाध्यक्ष सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । तर, प्रचण्डले महिला नेतृत्वलाई एक पटक जिम्मेवारी दिने निर्णय गरेका थिए ।
जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
२१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा सर्वाधिक मत ल्याएर सिंह उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । सानै उमेरमा जनयुद्धमा पूर्णकालिन भएकी सिंह अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् ।
नेकपा एमाले निकट अखिलमा वर्तमानसहित तीन कार्यकाल महिला अध्यक्ष बनाएर समालिसक्दा सबै माओवादी पार्टी निकट रहेको अखिल क्रान्तिकारीले भने पहिलो पटक महिला नेतृत्व पाएको छ ।