आज :

अन्तःशुल्क स्टिकर छपाईको ठेक्का पाएको मद्रास कम्पनी आधार कार्ड छपाईमा भारतमै निलम्बनमा

काठमाडौँ । भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्स प्रा.लि.आफ्नै देशमा निलम्बनमा परेको परेको खुलासा भएको छ । मद्रासले आधार कार्ड छपाईमा बदमासी गरेकोले भारत सरकारले यो समाचार तयार पर्दासम्मको मितिमा निलम्बनमा राखेको छ ।

नेपाली उद्योगीलाई बाइपास गर्दै आफैले बनाएको नियम मिच्दै अन्तःशुल्क स्टिकर छपाईको ठेक्का भारतीय विवादित कम्पनीलाई दिएपछि आन्तरिक राजस्व विभागमाथि प्रश्न उठेको छ । केन्य, साउथ सुडानलगायत धेरै देशमा कालोसूचीमा परेको मद्रासलाई विभागले १ करोड ८ लाख ८२ हजार अमेरिकी डलर (१ अर्ब २६ करोड नेपाली) मूल्य बराबरको ठेक्का दिएको छ ।

मद्रासले स्मार्ट लाइसेन्समा नेपाल सरकारलाई बन्धक बनाएको छ । सफ्टवेयर र कार्ड प्रिन्टमा ठेक्का पाएको यो कम्पनीको बदमासीका कारण झण्डै ६ लाख सेवा ग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पास गरेका छन्, तर स्मार्ट कार्ड पाएका छैनन् ।

भारतले सरकारले मद्रासलाई निलम्बन गरेकाे पत्र 

 

नेपाली जनतालाई सास्ती दिने मद्रासलाई नै विभागले ठेक्का दिएर पुरस्कृत गरेको भन्दै विरोध भइरहेको छ । बोलपत्र सम्बन्धी आफैले बनाएको नियम विपरित विभागले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाईको ठेक्का दिएपछि नेपाली उद्योगी अदालत पुगेका छन् । सर्वोच्च अदालतले अन्तःशुल्क स्टिकर सम्बन्धी बोलपत्रका सम्पूर्ण कामकारवाही रोक्न अन्तरिम आदेश दिएको छ । आज पेशी तोकिएको छ । मिराज प्रिन्टिङ सलुसन प्रा.लि.का तर्फबाट गुञ्जना ढुंगनाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । यसअघि पनि पटक पटक सर्वोच्चले नेपाली कम्पनीलाई बोलपत्रमा सहभागी गराउन विभागलाई आदेश दिइसकेको थियो । तर, विभागले अटेर गर्दै आएको छ ।

नेपालमै सेक्युरिटी प्रिन्टिङ उद्योग संचालन गरेर गुणस्तरिय काम गरिरहेका नेपाली कम्पनीलाई अन्तःशुल्क स्टिकरमा छपाई सम्बन्धी बोलपत्रमा सहभागी नगराउनुलाई कमिसनको खेल भएको बताइएको छ । काम नगर्ने तर ठेक्का लिँदा ठूलो कमिसनको चलखेल गर्ने भएकैले मद्रासलाई अन्तःशुल्क स्टिकर छपाईको ठेक्का दिइएको विभाग स्रोतको दाबी छ ।

अन्तःशुल्क स्टीकरको ठेक्का विभागका पूर्व महानिर्देशक विनोदबहादुर कुँबरको समयमा खुलेको थियो । अहिलेका महानिर्देशक शोभाकान्त पौडेलले पनि त्यसलाई नै निरन्तरता दिएका छन् ।

मिराज प्रिन्टिङ सलुसन प्रा.लि.ले नेपालमै नेपाल टेलिकमको रिचार्ज कार्ड छपाई गरिरहेको छ । सन् २०१८ मै नेपाल टेलिकमले रिचार्ज कार्ड छपाईमा मिराज कम्पनीले टेण्डरमा मागिएका सुरक्षा र आवश्यकता कागजातको सीमाभित्र रहेर छपाई तथा सप्लाई गरिरहेको भन्दै ‘नो अब्जेक्सन’ पत्र लेखेको थियो ।

पत्रमा टेलिकमले रिचार्ज कार्ड छपाईमा मिराजले गुणस्तर र सुरक्षाबारे कुनै गुनासो वा उजुरी नभएको समेत उल्लेख गरेको छ । टेलिकमले नेपाली सेक्युरिटी प्रिन्टिङ कम्पनीले गुणस्तरिय रिचार्ज कार्ड छपाई गरेकोमा गर्वको समेत गरेको छ ।

नेपाल टेलिकमले लेखेको यो पत्र

यसरी नेपाली कम्पनीले नेपालमै गुणस्तरिय छपाई गर्दागर्दा भारतीय बदनाम कम्पनीलाई ठेक्का दिनु सरासर गलत नियत भएको पुष्टि हुन्छ । नेपाली कम्पनीलाई बाईपास गर्दै नियम विपरित भारतीय बदमना कम्पनीलाई दिएको छपाई ठेक्का सर्वोच्च अदालतले बदर गरी नयाँ टेण्डरमा जाने आदेश गर्नेमा नेपाली उद्योगीको अपेक्षा गरेका छन् ।

स्मार्ट लाइसेन्समा हैरानी पारेको मद्रासले केन्या र साउथ सुडानमा पनि त्यस्तै गरेको छ । केन्याका सार्वजनिक अभियोजन निर्देशालयको कार्यालयले मद्रासका ८ निर्देशकहरुलाई गिरफ्तार गर्न भनेको छ । हेर्नुहोस सो पत्र

त्यसैगरी साउथ सुडानको राष्ट्रपति कार्यालयले मद्रासलाई निलम्बन गर्न पत्र लेखेको छ ।

हेर्नुहोस् यो पत्र

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal