आज :

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा, विप्लवले उद्घाटन गर्ने

पोखरा । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनको अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न हुन गइरहेको छ ।

पार्टीका महासचिव विप्लवले भोलि (असोज ६ गते) सम्मेलनको उद्घाटन गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । सम्मेलन ८ गतेसम्म चल्नेछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

देशभरीबाट प्रतिनिधि र पर्यवेक्षक पोखरामा पुग्ने क्रम जारी छ । आज साँझसम्म सबै प्रतिनिधि तथा पर्यवेक्षक पुगिसक्ने आयोजक समितिले जनाएको छ ।

अखिल क्रान्तिकारीले २१ औं राष्ट्रिय सम्मेलनमा ३० वर्षे उमेर हद लगाएको थियो । ३० वर्ष उमेर पुगेका विद्यार्थी नेताहरुले पार्टीको जिम्मामा जाने दाङमा सम्पन्न २१ औं सम्मेलनले उमेर हद लगाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal