News Portal

  • मुग्लिन–नौबिसे सडक खण्डको नाग्दीखोलामा नजिक पहिरो, दुईतर्फी सडक बन्द

    डबली संवाददाता२०७८ भदौ ३० गते
    ३४ पटक

    काठमाडौँ । मुग्लिन–नौबिसे सडक खण्डमा पहिरो खसेको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुई बजेतिर पहिरो खसेको थियो ।

    पहिरोको कारण अहिले सडक दुईतर्फी अवरुद्ध भएको छ । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुईतर्फका सवारी साधनको लामो लाइन भएको र रातिबाटै सडक अवरुद्ध भएका कारण यात्रुहरु हैरानीमा परेका छन् ।

    यो सडक खण्डमा पटक पटक पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्