आज :

प्रचण्ड र एमसीसी उपाध्यक्ष फतिमाबीच भेटः दवाव दिन आएकी होइन्– फतिमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । शुक्रबार विहान प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली निवासमै पुगेको थियो ।

भेटमा सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउँदै राजनीतिक दलहरुले एमसीसीबारे सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको बताएकी थिइन् ।

जवाफमा प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । प्रचण्ड सचिवालयका अनुसार देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताए ।

विहीबार नेपाल पुगेलगत्तै फतिमाले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता गरेकी थिइन् । बिहीबारै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरेकी थिइन् ।

फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal