आज :

लुम्बिनी प्रदेशमा आजै माओवादीको नेतृत्वमा सरकार, जनसेनाका कमाण्डर सोनाम मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने पक्का भएको छ । चार दलीय गठबन्धनका ४२ जना सांसदको हस्ताक्षर गरेर माओवादी केन्द्रका प्रदेशसभा दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

प्रदेश प्रमुख अमिश शेरचनले दिएको समय सीमा भित्रै ४२ जना सांसदको हस्ताक्षर बुझाइएको हो । गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका बुधबार दिउँसो हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए ।

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएकोले प्रदेश प्रमुख शेरचनले सोनामलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
जनयुद्धमा जनमुक्ति सेनाको कमाण्डर समेत रहेका केसीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट एकजना, नेपाली कांग्रेसबाट एकजना र जसपाबाट तीन जनालाई समेटेर मन्त्रीहरुको नियुक्ति र सपथ आजै गर्ने तयारी भाइरहेको छ । विश्वासको मत लिएपछि पूर्ण आकारको मन्त्रिपरिषद् विस्तार गर्ने गरी आज मुख्यमन्त्री सहित ६ जनाको मन्त्रिमण्डल बनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal