
नेपालगंज । नेपाल कम्युनिस्ट पार्टीले ठूलो मात्रामा लुकाएर राखेको हड्डी बरामद गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दियाको बासगढी नगरपालिका इन्चार्ज शक्ति र बढैताल गाउँपालिका इन्चार्ज रमेशको नेतृत्वमा गएको टोलीले अवैध रुपमा संकलन गरेर राखेको उक्त हड्डी बरामद गरेको हो ।
बढैयाताल गाउँपालिकाको मैनापोखरका कमलपति यादल र विश्वप्रसाद यादवले उक्त हड्डी संकलन गरेर लुकाएर राखेका थिए । उक्त हड्डी के को हो र किन संकलन गरिएको भन्ने खुलेको छैन । बासगढी नगरपालिकाका इन्चार्ज शक्तिका अनुसार उक्त हड्डी बरामद गरी प्रहरीलाई बुझाइएको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरले उक्त हड्डी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यति ठूलो परिणाममा हड्डी किन र कुन प्रयोजनको लागि संकलन गरिएको भन्ने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन ।
हड्डीको गोदामका कारण बस्ती नै दुर्गन्धित भएको थियो । दुर्गन्ध गाउँभरी फैलिन थालेपछि स्थानीयले नेकपालाई खबर गरेको बताइएको छ ।