आज :

अखिल क्रान्तिकारी सुर्खेतको बैठक सम्पन्न, वैज्ञानिक समाजवादी शिक्षाको लागि संघर्ष गर्ने

सुर्खेत । अखिल क्रान्तिकारी सुर्खेत वैज्ञानिक समाजवादी शिक्षाको लागि निर्मम संघर्ष गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको दोस्रो पूर्ण बैठकले जिल्लास्थित शैक्षिक क्षेत्रमा विकृति विसंगति, असमानता, माफियाकरण, दलालीकरण, भ्रष्टाचारका घटना बढिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरोकारवाला पक्षसँग छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

संगठनका केन्द्रीय सदस्य प्रेम शाहीले बैठकमा बोल्दै शिक्षामा सर्वसाधारणका छोराछोरीको पहुँच गुम्दै गएको भन्दै त्यसविरुद्ध संघर्ष नगरे शिक्षा निश्चित वर्गका छोराछोरीले मात्र प्राप्त गर्ने बताए । शिक्षा क्षेत्रमा मौलाइरहेका विकृति विसंगतीलाई राज्यले टुलुटुल हेरेर बसेको भन्दै त्यसविरुद्ध आफूहरुले संघर्ष गर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज रविले सचेत तप्का युवा विद्यार्थीले देश परिवर्तनको महासंग्रामको यात्रामा अविचलित लाग्नुपर्ने बताए । नेपालको राजनीतिक प्रणालि दलाल पूँजीवादको अधीनमा रहेको बताउँदै रविले यसको उचित विकल्पको खोजि गरेर मात्रै शिक्षा क्षेत्रमा बृहतम प्रगति हुने बताए ।

नेकपाका जिल्ला सेक्रेटरी ध्रुवले नेपाललाई अग्रगमन रुपान्तरणको दिशा स्थापित गर्न युवा विद्यार्थीको काँधमा ठूलो कार्यभार आईपरेको बताउँदै त्यसको लागि अखिल क्रान्तिकारी तयार हुनुपर्ने बताए । उनले हिलेको शिक्षा नीति विद्यार्थी समाज राष्ट्र र जनताको विरुद्धमा भएकोले युवाहरु समाज प्रतिकुलका घटनामा संलग्न रहेको बताए ।

बैठकले जिल्लाका सबै इलाकाका सम्मेलन गर्ने, संगठनको मुखपत्र प्रकाशन गर्ने निर्णय समेत गरेको छ । बैठक संगठनका अध्यक्ष तुलराज तिरुवाको अध्यतामा बसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal