आज :

मोटरसाईकल चोरीमा संलग्न ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न बिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले जानकारी बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निग्रानी पश्चात हिजो साँझ पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने र खोजतलास गर्ने कार्य भईरहेको बताए ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ सालमा हराएको उक्त मोटरसाईकल सहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु पक्राउ परेका हुन । बास्तबिक नं बा९७प १३०५ भएको कालो, रातो रङको १५० सी।सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा९५प ४१६८ भएको अबस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरि पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नं को कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरि बा९१प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाईकल सहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कार्बाहीको लागी प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal