आज :

भूमाफियाले प्लटिङ गरेको जग्गा वैद्य माओवादीले कब्जा गरेपछि किसान खुशी

काठमाडौँ । कौडीको भाउमा किसानको हडपी भूमाफिया पलटिङ गर्न लागेको जग्गा नेकपा (क्रान्तिकारी माओवादी)ले झण्डा कब्जा गरेको छ । क्रान्तिकारी माओवादीले शनिबार नाराबाजीसहित पार्टी झण्डा गाडेर जग्गा कब्जामा लिएको घोषणा गरेको थियो ।

क्रान्तिकारी माओवादी चितवनले जिल्लाका विभिन्न ठाउँहरुमा किसानको उब्जनी हुने जमनिलाई कौडीको मूल्यमा किनेर ती जग्गालाई भूमाफियाले पलटिङ गरिरहेको भन्दै

कब्जा गरेको बताएको छ । उत्पादन जमिनलाई बाँझो जमिनमा परिणत गर्न भूमाफिया सलबलाएको क्रान्तिकारी माओवादीले बताएको छ । कब्जा गरिएको जमिनलाई उत्पादनशील कार्यमा र गरिव तथा भूमिहीन किसान र सस्तो मूल्यमा ती भूमाफियाहरुलाई आफ्नो जगगा बेच्न बाध्य पारिएका जनताको हितमा प्रयोग गर्ने क्रान्तिकारी माओवादीको चितवन सेक्रेटरी अशोक शर्माले जनाएका छन् ।

क्रान्तिकारी माओवादीले भूमाफियाले हडपेका जमिन कब्जा गर्ने चितवनको माडीबाट सुरु गरिएको जानकाएको छ । ‘सम्पूर्ण भूमि राष्ट्रियकरण गर । जमिनमाथिको खण्डीकरण बन्दा गर । भूमाफियाहरुलाई कारवाही गर’ लेखिएको व्यानर र झण्डा क्रान्तिकारी माओवादीले गाडेको छ ।

क्रान्तिकारी माओवादी चितवन जिल्लाले माडी नगरपालिका वडा न. ३ स्थित पौहारी गाउँमा ट्वन्टी वान ग्रुप प्रोपर्टी प्रा.लि.ले माडी नगरपालिका सँगको मिलेमतोमा सर्वसाधारण जनताको जग्गा कौडीको भाउमा लिएर नगरपालिकाको निर्णय विपरित भूमी खण्डिकरण गरेको भन्दै उक्त जग्गा कब्जा गरेको हो ।

केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकास र जिल्ला सेक्रेटरी अशोक शर्माको नेतृत्वमा गएको टोलीले उक्त समूहको नाममा रहेको सयौं विघा जमिनमा पार्टीको झण्डा र व्यानर राखेर कब्जा गरेको थियो । जमिन कब्जा गरिसकेपछि पार्टी सेक्रेटरी अशोक शर्माले

भुमाफियाहरुले राज्यसत्तासंगको मिलोमतोमा अनधिकृत रुपमा जग्गा प्लटिङ गरि उत्पादनमूलक जग्गा मरुभूमी बनाउनुका साथै माडी कृषि पर्यटन र पर्यावरणलाई समेत ध्वस्त पार्ने भएको कारण आफुहरु उक्त जग्गा कब्जा गर्न बाध्य भएको बताए ।

यसैबीच क्रान्तिकारी माओवादी चितवनले एक प्रेस विज्ञप्ति जारी गरेर जग्गा कब्जा गरेको स्वीकार गरेको छ । क्रान्तिकारी माओवादीले उत्पादनशील भूमिलाई प्लटिङको नाममा मरुभूमीमा परिणत गर्न लागेको भन्दै जग्गा कब्जा गरेसँगै सुकुम्बासी तथा भूमिहिनहरु खुशी भएका छन् । उनीहरुले उक्त जमिनलाई आफूहरुलाई उत्पादन गर्न दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal