आज :

मेलम्चीमा फेरि बाढी: असार १ गते बगाउन नसकेको रेडियो मेलम्चीको भवन बग्यो, दर्जन घरमा क्षति

काठमाडौं । मेलम्चीमा फेरि बाढी आएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आउँदा असार १ गते बगाउन नसकेका घर र पुलमा बगेका छन् ।

स्थानीयका अनुसार असार १ गते बगाउन नसकेको रेडियो मेलम्चीको भवन, पुलसहित दर्जन बढी घरमा क्षति पुगेको छ । त्यस्तै, बाढीले तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको छ । असार १ गते क्षति पुर्याएको रातो पुल पनि बगाएको छ । जबकी असार १ गते आएको बाढीले पुल बगेको थिएन ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको गरिएको छ । अहिले पनि चनौटे बजारको बीच भागबाटै पानी बगिरहेको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

फेरि बाढी आएसँगै मेलम्चीबासीले असार १ गतेको झल्को दिएको भन्दै त्रसित बनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal