आज :

एसएसबीले तुइन काटेर जयसिंहलाई महाकालीमा खसालेपछि भारतविरुद्ध देशभर प्रदर्शन

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर एक जना नेपालीलाई तुइन काटेर महाकाली नदीमा खसालेपछि नेपालभर विरोध भइरहेको छ । दार्चुलाको व्यासका जयसिंह धामीले भारतको उत्तराखण्ड राज्यमा पर्ने पिथौरागढ जान तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिँएको थियो ।

एसएसबीले तुइनको तार काटेपछि धामी महाकाली नदीमा खसेर हराइरहेका छन् । दार्चुला प्रहरीका अनुसार घटना शुक्रबार विहान साढे ८ तिर घटेको थियो । धामी दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट पिथौरागढ जान तुइनको प्रयोग गरेका थिए । धामीसहित पाँच जना युवा भारततिर जाँदै थिए । चार जनाले धामी भन्दा पहिले तुइन तरिसकेका थिए । माल बस्ने ३० वर्षीय धामीले तर्दै गर्दा एसएसबीका २ जवानले तुइन काटेका थिए । तुइन तरेर भारततिर पुगेका चारै जना दार्चुला फर्र्किएका छन् ।

पिथौरागढ जोड्ने अस्थायी तुइनको तार काटिएको अवस्थामा फेला परेको दार्चुला प्रहरीले जनाएको छ । जयसिंहसहित पाँचै जना तुइन तरेर भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउदै गरेको व्यास गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकी बताउँछन् । भारतको बाटो हुँदै दार्चला आउन छोटो हुने भएकोले सो क्षेत्रका बासिन्दा उक्त बाटो प्रयोग गर्दै आएका थिए । उनीहरु कामको खोजी गर्दै दार्चुलाबाट काठमाडौँ आउँदै थिए ।

एसएसबीले तुइन काटेको समाचारसँगै नेपालका राजनीतिक पार्टी, स्थानीयबासीको साथै सामाजिक संजाल प्रयोगकर्ताहरुले भारतविरुद्ध तीब्र आक्रोस व्यक्त गरेका छन् । भारतका दादागिरीको उनीहरुले विरोध गरेका छन् । यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर सरकारको ध्यानाकर्षण गराउँदै सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज देशभर विरोध प्रदर्शन गर्दैछ । काठमाडौँमा शान्ति बाटिमा दिउँसो विरोध प्रदर्शनको आयोजना गरिएको छ भने जिल्ला पार्टीले आआफ्नो क्षेत्र र स्थानमा विरोध प्रदर्शन गर्दैछ । नेकपा निकट अखिल क्रान्तिकारी र नेपाल युवा संघले पनि विरोध प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal