आज :

कोरोना संक्रमण बढेसँगै भरिए आईसीयू र भेन्टिलेटर, आज सीसीएमसीको बैठक बस्दै

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै फेरि कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । केही दिन लगातार संक्रमण बढेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार ३ हजार ३६५ जना नयाँ संक्रमित थपिएका थिए । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कसरी रोकथाम र नियन्त्रण गर्नेबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् ।

यसैबीच कोरोना संक्रमण लगातार बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक सीसीएमसीको बैठक बोलाएका हुन् ।

पछिल्ला दिनमा लगातार संक्रमित थपिँदा अस्पतालका आइसीयू र भेन्टिलेटर भरिन थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोनाको नयाँ भेरियान्ट पुष्टि भइसकेको र काठमाडौँसहित देशभर निषेधाज्ञा पनि खुकुलो बनाइएकोले तेस्रो लहर आउन सक्ने विज्ञहरुले बताएका छन् । उनीहरुले सतर्क रहन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal