काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–४ स्थित दोभानमा भएको दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।
गुल्मी प्रहरीका अनुसार शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको लु१ ज. ४५६५ नम्बरको जिप बुधबार विहान ११ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनाका घाइते तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन ल्याइँदै गरेको प्रहरीले बताएको छ । घइतेहरुको उद्धारको लागि सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।