आज :

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएसँगै तेस्रो लहरको चुनौती, सबैभन्दा बढी जोखिममा काठमाडौँ

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

नयाँ ‘म्युटेन्ट’ सँगै तेस्रो लहरको चुनौतीलाई थप बल पुर्‍याएकाले सावधानीका उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमण बढिरहेको छ । मंगलबार ३ हजार ८९९ जना संक्रमित भएका छन् । काठमाडौँसहित देशभर निषेधाज्ञा खुकुलो भएसँगै संक्रमित पनि बढेका छन् । मंगलबार अर्थात साउ १२ गतेसम्म आइपुग्दा बीचमा दुई दिन घटेपनि असार ८ मा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेपछिकै धेरै हो ।

साउन १० गते २ हजार २३७ संक्रमित रहेकामा साउन ११ गते एकैदिन ३ हजार ४२१ जनामा संक्रमण देखिएको थियो । मंगलबार त्यसमा पनि वृद्धि भएर एकैदिन ३ हजार ८९९ जना पुगेको छ ।

कोरोना भाइरसबाट नेपाल अहिलेसम्म ६ लाख ८२ हजार ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो मंगलबारसम्मको तथ्यांक हो । संक्रमित मध्ये ६ लाख ४५ हजार ३०१ जना निको भई घर फर्किएका छन् । कोरोना लागेर बिरामी भएका मध्ये २७ हजार ९०८ जना अझै पनि सक्रिय संक्रमित छन् भने कोरोनाकै कारण ९ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलोपटक २०७६ साल माघ ९ गते पहिलो पटक कोरोना संक्रमित व्यक्ति भेटिएको थियो ।

विज्ञहरुका अनुसार तेस्रो लहर चल्यो भने सबैभन्दा बढी काठमाडौँ उपत्यकामा प्रभावित हुनेछ । उपत्यकामा साउन २० गतेसम्म अहिले निषेधाज्ञा जारी छ । तर, स्वास्थ्य मापदण्डको पालना नभएको भन्दै सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal