आज :

नेपालमा फेरि बढे कोरोना संक्रमित, सबैभन्दा धेरै काठमाडौँमा, ९ हजार ६९५ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमितको संख्या ह्वत्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा फेरि संक्रमित थपिँदै गएका छन् । मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै कास्कीमा २७१, चितवनमा २४८, मोरङमा १६४, नवलपरासी पूर्वमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् ।

त्यस्तै, प्रदेश १ मा मोरङमा सर्वाधिक १६४, प्रदेश २ मा रौतहटमा १३, गण्डकी प्रदेशमा कास्कीमा २७१, लुम्बिनी प्रदेशमा पाल्पामा ३६, कर्णाली प्रदेशमा जुम्लामा ४१ र सुदूरपश्चिम प्रदेशमा कैलालीमा सर्वाधिक ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal