आज :

आज प्रचण्ड-विप्लव, वैद्य–माधवदेखि अष्टलक्ष्मीसम्म एउटै मंचमा, कम्युनिस्ट आन्दोलनको संकटबारे धारणा राख्ने

काठमाडौं । देशका प्रमुख कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले एउटै मंचबाट कम्युनिस्ट आन्दोलनको संकटबारे चर्चा गर्ने भएका छन् । आज राजधानी काठमाडौँ आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले एउटै मंचबाट कम्युनिस्ट आन्दोलनको संकटबारे चर्चा गर्न लागेका हुन् ।

पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको संकट र आगामी बोटो’ विषय अन्तरक्रिया तथा प्रवचन कार्यक्रममा पहिलो पटक यति धेरै शिर्ष नेताहरुले एउटै मंचबाट कम्युनिस्ट आन्दोलनको संकटबारे चर्चा गर्न लागेका छन् ।

केन्द्रका अध्यक्ष जगनाथ खतिवडाका अनुसार आज (शुक्रबार) १२ः३० बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिस्ठानमा कार्यक्रम आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३ स्मृति दिबसको अबसरमा श्रद्धाञ्जलीसहित प्रवचन कार्यक्रम राखिएको खतिवडाले जानकारी दिएका छन् ।

यसअघिको सरकारसँग तीन सहमति गरेर खुला राजनीतिमा आएका नेकपाका महासचिव विप्लव पहिलो पटक यति धेरै शिर्ष नेताहरुसँगै एउटै मंचबाट कम्युनिस्ट आन्दोलनको संकटबारे आफ्ना धारणा राख्न लागेका छन् ।

नेकपाले वैज्ञानिक समाजवादको लागि जनमत संग्रहको एजेण्डा अगाडि सरेको र अरु कम्युनिस्ट पार्टीले अंगिकार गरेको अहिलेको व्यवस्थालाई लुटिखानेको व्यवस्था भएको भन्दै आएको छ । त्यसैले पनि आजको कार्यक्रममा विप्लव सबैभन्दा आकर्षक पात्र भएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal