काठमाडौँ । कोरोनाविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । चीनबाट ४८ लाख डोज खोप आउने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार केही दिनभित्रै २५ लाख डोज खोप आउने भएको छ । उनले ४८ लाख डोजबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको बताए ।
केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ । यस अघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
नेपाल वायु सेवा निगमको जहाजले आबाट लगातार तीनसम्म नियमित खोल ल्याउने छ । जहाज आज राति ११ बजे गएर भोली दिउँसो २ बजे जहाज नेपाल निगमले जनाएको छ ।
यस्तै भोली राति ११ फेरि जहाज गएर पर्सी आउने छ । यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ