आज :

कक्षा १२ को परीक्षा संचालन गर्न अनुमति, आजै मिति तोक्ने

काठमाडौँ । कोरोना महामारीसँगै रोकिएका कक्षा १२ को परीक्षा संचालन गर्न अनुमति दिइएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित अनुमति दिएको हो ।

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै अभिभावक र विद्यार्थीले चिन्ता व्यक्त भइरहेको बेला सीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको जानकारी दिए । परीक्षा संचालन अनुमति पाएसँगै आजै राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर मिति तय गरिने भएको छ ।

मिति तोक्ने र अन्य कार्यको लागि आज बेलुका ५ बजे परीक्षा बोर्डको बैठक बस्दैछ । यही साउन अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

गएको जेठमा तय गरेको परीक्षा कोभिड(१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal