आज :

राजेश पायल राई र सुदिता राईको ‘लगन’ सार्वजनिक, युट्युब ट्रेन्डिङमा 

धरान । मेलिना मैनाली पछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो बाचा अनुरुप राई इज किङ्ग राजेश पायल राईले आफ्नो संगीतमा युगल गीत गाउने मौका दिएका छन्।

गीत रेकर्डिङ्गसंगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ गीतको भिडियो समेत सार्वजनिक गरिएको छ। प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई पृथक रेकर्ड्स स्टुडियोमा अनिल अधिकारी र विबेक रानापाहेलीले रेकर्डिङ साथै गीतलाई राजु कार्कीलेनै मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गीतमा गिटार सन्जिव सुब्बाले गिटार र रत्न विकले बाँसुरी बजाउनु भएको हो भने गीतको कोरसमा गायिका द्वय दिपा तामाङ र संगीता रानापाहेलीले स्वर दिनु भएको छ भने भिडियो छायांकन मनोज राई र दुर्गा बान्तवा राई गरेका हुन् भने भिडियो सम्पादन मनोज राईलेनै गरेका हुन्।

गायक राजेश पायल राईको आफनै अफिसियल यु–ट्युब च्यानलमार्फत शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिएको उक्त भिडियो कतारमा समेत अहिले ट्रेन्डिङमा रहेको छ भने मेलिना मैनालीसंगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि पनि अहिलेसम्म ट्रेन्डिङमा रहेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal