आज :

आजबाट संसदका दुबै सदनको अधिवेशन सुरु यस्तो छ कार्यसूची,

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक पुनःस्थापना गरेपछि आज प्रतिनिधिसभा बैठक बस्दैछ । सर्वोच्च विघटनविरुद्ध परेका रिटको सुनुवाई गर्दै आज संसद् बैठक बोलाउन आदेश दिएको थिाये । त्यस्तै, आजै राष्ट्रियसभाको अधिवेशन पनि आह्वान गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

सोहीअनुसार राष्ट्रपति विद्यादेवी भडारीले प्रतिनिधिसभा विघनट गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसविरुद्ध परेका रिटमाथिको अन्तिम सुनुवाई गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो ।

त्यसैगरी सर्वोच्च अदालतले दाबी पुग्ने भन्दै नेपाली काँग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । नवनियुक्त प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आज दुबै सदनको अधिवेशन आह्वान गरेकी थिइन् । देउवाले अबको एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

आजको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने, सदस्यहरुको सभामुखले मनोनयन गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तयारी स्वरुप पछिल्लोपटक संघीय सांसदसहित ८०१ जनामा कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal