आज :

अखिल क्रान्तिकारी र काठमाडौँ विद्याकुञ्जबीच बार्ता, अभिभाकका माग पूरा गर्ने सहमति

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) र काठमाडौँ विद्याकुञ्ज सेकेण्डरी स्कुलबीच वार्ता भएको छ । कोरोना महामारीमा पनि अतिरिक्त कक्षाको नाममा चर्को शूल्क असुल गरिरहेको भन्दै अखिल क्रान्तिकारीले कारवाहीस्वरुप कालो झण्डा टागेको थियो ।

अभिभावकले चर्को शूल्कवृद्धिको विरोध गर्दै आएपनि स्कूल प्रशासनले सुनुवाई गरेको थिएन । तर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौँले स्कूलको गेटमा कालो व्यानरसहित विरोध प्रदर्शन गरेपछि स्कूल प्रशासन वार्तामा बस्न तयार भएको थियो ।

विहीबार अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्षसहितका नेताहरु र स्कूल प्रशासनबीच वार्ता भएको थियो । वार्तामा अखिल क्रान्तिकारीले वृद्धि गरिएको शूल्क फिर्ता लिन र अभिभावकका माग पूरा गर्न आग्रह गरेको थियो । अभिभाकका माग पूरा गर्ने सहमति

अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष विष्टका अनुसार स्कूल प्रशासन अभिभाकका माग पूरा गर्न सहमत भएको छ । त्यसको लागि यही साउन ३ गते अभिभावक, स्कूल प्रशासन र अखिल क्रान्तिकारीबीच त्रिपक्षीय छलफल गर्ने सहमति भएको छ । वार्ताको माध्यमबाट स्कूल प्रशासन समस्या समाधान गर्न तयार भएपछि अभिभावक खुशी भएका छन् ।

स्कूल प्रशासनले आफ्ना कुरा नसुनेपछि अभिभाकले अखिल क्रान्तिकारीसँग वृद्धि गरिएको शूल्क फिर्ताको लागि पहल गरिदिन आग्रह गरेका थिए । सोही अनुसार अखिल क्रान्तिकारी काठमाडौँले विरोध प्रदर्शनसहितका कार्यक्रम गरेको थियो ।

कोभिड–१९ महामारीको संकटमा शूल्कवृद्धि, अतिरिक्त कक्षाका नाममा अभिभावकहरुबाट चर्को शूल्क असुल, स्कूल प्रशासन अभिभावकहरुसँग छलफलका निम्ति तयार नभएकोले अखिल क्रान्तिकारीले सांकेतिक कारवाही गरेको जनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal