आज :

काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कूललाई अखिल क्रान्तिकारी गर्यो कारवाही, यस्तो छ कारण

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले काठमाडौँको टोखा नगरपालिकास्थित विद्याकुञ्ज सेकेण्डरी स्कुलमा कालो व्यानर टाँगेको छ । कोरोना महामारीको बेला अभिभावकबाट चर्को शूल्क असुल गरिरहेको भन्दै अखिल क्रान्तिकारीले बुधबार सांकेतिक कारवाहीस्वरुप कालो व्यानर टाँगेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी काठमाडौँले वृद्धि गरिएको अतिरिक्त शूल्क खारेजीको माग गर्दै स्कुलको गेटमा नाराबाजी गरेको थियो । अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टका अनुसार स्कूल व्यवस्थापले अभिभावकलाई मार पार्ने गरिएको शूल्क फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिए ।

अखिल क्रान्तिकारीले अतिरिक्त कक्षाको नाममा व्यवस्थापनले मच्चाएको लुटलाई बन्द गरी अभिभावकसँग वार्ता गरी समस्या समाधान गर्न समेत आग्रह गरेको छ ।

अलिख क्रान्तिकारीले अनलाइन कक्षाको नाममा शैक्षिक संस्थाहरुले कोरोना महामारीमा मानवियतालाई समेत गुमाएर चर्को शूल्क असुलेको भन्दै केही दिनदेखि सम्बन्धीत निकायको ध्यानाकर्षण गराइरहेको छ ।

अखिल क्रान्तिकारीले काठमाडौँ महानगरसहित काठमाडौँका सबै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउँदै शैक्षिक संस्थाका मनपरीलाई रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal