आज :

तयार भए ओलीको पोका-पुन्तुरा, कार्यकर्ताको स्कर्टिङमा बालकोट जाँदै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुर बालकोटस्थित निजी निवास सर्दैछन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली आज विहान ११ बजे कार्यकर्ताको स्कटिर्ङमा बालकोट जाने भएका छन् । त्यसको लागि एमाले युवाहरुलाई १० बजे बालुवाटार बोलाइएको छ ।

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार मंगलबार देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरे शपथ समेत गराई सकेकी छन् ।

देउवाले हिजै आफ्नो पार्टीका दुई र नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्रीलाई नियुक्त गरेका छन् । उनीहरुको पनि शपथ भइसकेको छ । गठबन्धनका नेताहरुले केही दिनमै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् ।

ओलीले मंगलबारै सरकारी निवास छोड्ने बताइएको थियो तर तयारी नपुगेका कारण आज सर्न लागेका हुन् । ओलीका सहयोगीहरुले हिजैबाट पोका–पुन्तुरा तयार गरिसकेका छन् ।

ओलीले मंगलबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको फेहरियस्त सुनाएका थिए । उनले आफ्नो सरकारले सुरु गरेको कोरोना भाइरसविरुद्धको खोपलाई देउवा सरकारले दिएको भन्दै तमासा देखाउन थाल्ने बताए ।

ओलीले आफू जनमतबाट नभएर सर्वोच्चको मरमादेशबाट प्रधानमन्त्रीबाट हटेको बताउँदै यसको प्रभाव नेपाली राजनीतिमा लामोसम्म रहने बताए । उनले सर्वोच्चको फैसलाले निर्दलीयताको अभ्यास भएको बताए ।

एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई सरकारी निवास पुर्याउन सयौँँ मोटरसाइकल र गाडीले स्कर्टिङ र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन गरिने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal