
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यो समय पहिले नै राष्ट्रपति भण्डारीले देउवालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आजै साँझ ६ बजे देउवाको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले देउवाको शपथको लागि तयारी गरिरहेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्माको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतितिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला गरेको थियो । त्योसँगै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी समेत गरेको थियो ।
त्यसैगरी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन समेत सर्वोच्चले आदेश दिएको छ ।