
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघिटनविरुद्ध परेका रिटको फैसला सुनाएको छ । सोमबार सर्वोच्चले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६(५) मा ह्विप नलाग्ने पनि भनेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर देउवा र माधव कुमार नेपाललगायतका नेताहरु पनि देउवा निवासमा जाँदैछन् ।
अब सडकमा आउने पालो एमालेको हुने भएको छ । सर्वोच्चको फैसलाविरुद्ध एमाले सडक संघर्षका जाने भएकोक छ । अब कसरी अगाडि बढ्ने भन्नेमा ओलीले शिर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
एमाले नेता महेश बस्नेतले सर्वोच्चको फैसलाको विरोधमा माइतघरमा जम्मा हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।