
काठमाडौँ । विरोध प्रदर्शनमा उत्रेका बृहत नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले गिर फ्तार गरेको छ । सिंहदरबार अगाडि गरेको धर्ना दिने क्रममा प्रहरीले वरिष्ठ पत्रकार नारायण वाग्लेसहित २६ अभियन्ता पक्राउ परेका गरेको हो । उनीहरुलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।
अभियन्ताहरुले स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भ्रष्टाचार तथा बेथितिविरूद्ध विरोधस्वरुप सिंहदरबार अगाडि धर्ना दिएका थिए । प्रहरीले वाग्लेसँगै युग पाठकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, अर्चना थापा, प्रणेता, अनुभव अजित, अरूणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरूण थापा, नविन तिवारी, वसन्त छिपा, विमल अर्याल, गोविन्द छन्त्याल, श्रवण मुकारूङ, राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, डा सञ्जीव उप्रेती, चन्द्रवीर तुम्बापो, प्रदिप सेढाई , नरेश ज्ञवाली, डा कुम्भराज जोशी, प्रशान्त राई, विष्णु अधिकारी, छम गुरूङ, मनोज खतिवडा र डा एलबी बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका साथै बेथिति र भ्रष्टाचारविरुद्ध अभियानले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ ।