आज :

कोपा अमेरिका कपः उपाधिसँगै मेस्सी सर्वोत्कृष्ट खेलाडी घोषित, पाए ‘सुनको जुत्ता’

काठमाडौँ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, ब्राजिली टीमका स्टार नेयमारलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । कोपा अमेरिका कपमा यसरी दुई प्रतिस्पर्धी टीमका खेलाडीलाई संयुक्त रुपमा उत्कृष्ट खेलाडीको अवार्ड पहिलो पटक बाँडिएको हो ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको छ ।

दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको कन्मेवलले जनाएको छ । यस सिजनमा मेस्सी र नेयमार दुवैले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते । मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal