आज :

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, ब्राजिलको पक्षमा बाजी राख्नेको करोडौँ डुब्यो

काठमाडौं । कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । आज विहान भएको खेलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको खेलमा ब्राजिल १–० गोलले पराजित भएको थियो । मेस्सी नेतृत्वको अर्जेन्टिनी फुटबलरले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारे ।

अर्जेन्टिनाको लागि खेलको २२ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । मेस्सी त्यसपछि अर्जेन्टिनालाई गोल गर्न रोक्दै उक्त गोललाई नै निर्णय बनायो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।

२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

यसैबीच ब्राजिललाई समर्थन गर्दै बाजी राख्नेहरुको लाखौं रकम डुबेको छ । प्रहरीले हिजो मात्रै ललितपुरबाट सट्टेबाजलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal