आज :

अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन, एसईईको नतिजा सार्वजनिक नहुँदै भर्ना नगर्न चेतावनी

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) शैक्षिक विकृति र विसंगतिविरुद्ध विरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले सुरु गरेको भर्ना, अनलाइन शिक्षाको नाममा गरिएको शूल्कवृद्धिको विरोधमा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मदन चन्दको अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरुले गरेको शूल्कवृद्धि फिर्ता चेतावनी दिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयले पिएचडी र एमफिल शिक्षामा गरिएको शूल्क फिर्ता नलिए आफ्नो संगठनले आन्दोलनमा जाने बताए ।

त्यसैगरी अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द विष्टले एसईईको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भर्ना लिन सुरु गरेको बताउँदै तत्काल रोक्न माग गरे । उनले नतिजा सार्वजनिक नहुँदै भर्ना लिनु शैक्षिक संस्थाको बेइमानी भएको बताए ।
कोरोना महामारीमा पनि मानवीयता गुमाउँदै शैक्षिक संस्थाहरुले शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले विरोध गर्दै आएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अखिल क्रान्तिकारी पेट्रोलिय पदार्थको मूल्यवृद्धि र शूल्कवृद्धिको विरोध विरोध जनाएको छ ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले एसईईको नतिजा सार्वजनिक नहुँदै केही शैक्षिक संस्थाहरुले सुरु गरेको भर्ना, पारागन कलेजलगायतले गरेको अनैतिक कार्य तत्काल बन्द गर्न चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal