
काठमाडौँ । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शितजंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको आवश्यकता
भएको छ ।
बालकको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारिक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।
बालकको लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी पनि भईरहेको छ । परिवारमा ओ पोजेटिभ कलेजो दाता नभएकोले नयाँ कलेजो दाता पनि खोजी भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलको लागि आगामी १५ दिनभित्र नयाँ दाता खोजी गरेर कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै दर्शित जंग रावलको पिता दिनेश रावलले सबैसँग आग्रह गरेका छन्।
यसको लागि इच्छुक दाताहरुले दिनेश रावललाई ९८०२०९६३२६ मा सम्पर्क गर्न सक्नुहुनेछ।