आज :

के हो इम्बोस्ड नम्बर प्लेट ? जुन साउनबाट अनिवार्य लागु हुँदैछ, कति लाग्छ शूल्क ?

काठमाडौँ । सवारी साधानमा नयाँ आगामि नयाँ आर्थिक बर्षसँगै इम्बोस्ट नम्बर प्लेट अनिवार्य लागु गरिने भएको छ । यातायात व्यवस्था विभागका अनुसार साउन १ गतेदेखि सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ ।

आर्थिक वर्ष २०७८र०७९ को सुरुबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै करिब ६ महिना अगाडी नै विभागले शुल्क तोकिसकेको छ । विभागले साउनबाट अनिवार्य गर्ने थाहा पाएपछि अहिले नयाँ खरिद भएका सवारीमा इम्बोस्ड नम्बर बाक्लै देखिने गरेको छ । अगामी ५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य विभागको छ ।

विभागले २ पांग्रे, तीन पांग्रे र ४ पांग्रे सवारी सधानमा जडान हुने इम्बोस्ड नम्बरका लागि फरक फरक शूल्क तोकेको छ । यो शूल्क अन्तर्राष्ट्रिय र वैज्ञानिक भएको विभागको दाबी छ ।

विभागले मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ । ३ पांग्रे सवारीमा २ हजार ९ सय र ४ पांग्रे तथा मझौला सवारीमा जडान हुने इम्बोस्ड नम्बरका लागि ३ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ । हेभी सवारीमा यस्तो नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रुपैँया लाग्नेछ ।

इम्बोस्ड नम्बर प्लेट के हो ?

इम्बोस्ड नम्बर प्लेट भनेको सवारी साधनको नियमन गर्ने प्रणाली हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट भएको विभागको भनाई छ ।

धातुको प्लेटमा यान्त्रिक माध्यममार्फत अक्षर र अंक राख्ने काम नै इम्बोस्ड नम्बर प्लेटको जडान हो । हाल देखिने नेपाली अक्षर र अंक अंकित प्लेटन्दा इम्बोस्ड नम्बरको अंक र अक्षर प्लेटको सतहभन्दा केही माथि उठ्छ ।

फाइदा के ?

इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन ।

‘पहिलो कुरो त सवारी साधनको चोरीका घटनामा यसले नियन्त्रण गर्छ’ विभागका एक अधिकारी भन्छन्, ‘अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान एकदमै सजिलै गर्न सकिन्छ ।’

इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ । इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।

जडान गर्न कहाँ जाने ?

२ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान सकिनेछ । ३ पांग्रे र र साना मझौला ४ पांग्रे सवारीलेसवारी परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal