News Portal

  • कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्र आजबाट, छुटेका सबैलाई लगाइने

    डबली संवाददाता२०७८ असार २२ गते
    ७० पटक

    काठमाडौँ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्र आजदेखि लगाउन सुरु गरिने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

    गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।

    भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने उनले बताए ।

    प्रतिकृया दिनुहोस्