काठमाडौं । आज विहानै काठमाडौँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मान तथा अनुसन्धान केन्द्रका अनुसार विहान ६ बजेर ३२ मिनेट जाँदा काठमाडौँको कुलेश्वरलाई केन्द्र बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तीनै जिल्लामा महशुस भएको बताइएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रका अनुसार भूकम्प ३.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का कुलेश्वर आसपास बढी महशुस गरिएको बताइएको छ । विहानै आफ्नै दैनिकीमा लाग्दै गरेका केही स्थानीय भूकम्पको धक्का पछि घरबाट बाहिर निस्किएका थिए ।