आज :

भारतले धोका दिएपछि चीनसँग कोरोना खोप खरिद सम्झौता, असार २४ बाट आपूर्ती सुरु हुने

काठमाडौं । भारतले धोका दिएपछि सरकारले चीनसँग कोरोना भाइरसविरुद्धको खोप खरिद गर्ने सम्झौता गरेको छ । भारतीय कम्पनीले अग्रमि भुक्तानी लिएर पनि खोप उपलब्ध नगराएपछि सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खोप ल्याउने सम्झौता गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका छन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि जानकारी दिएका छन् । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाएका छैनन् ।

स्वास्थ्य मन्त्रालय स्रोतले ४० लाख डोज खरिदका लागि सम्झौता भएको बताएको छ । नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको बताइएको छ ।

मन्त्रालयका ती अधिकारीका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो ।

भारतले अग्रमि भुक्तानी लिएर पनि समयमै खोप उपलब्ध नगराएका कारण चीनसँग खरिद सम्झौता गर्न बाध्य भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

भारतबाट ल्याइएको खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले समेत दोस्रो डोज पाएका छैनन् । भारतीय कम्पनीले सरकारसँग सम्झौता गरेको तर केही निजि कम्पनीसँग खोप दिन चाहेको बताइएको छ ।

यसले खोपको कालोबजारी र कृतिम अभाव सिर्जना गर्ने थियो । अब चीनसँग सम्झौता भएपछि कालोबजारीमार्फत भारतबाट खोप ल्याएर मोटो रकम असुल गर्ने योजना बनाएकाहरुको सपना पूरा नहुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal