आज :

नेपाल समूहको स्थायी समिति बैठक, ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा सहभागीताबारे निर्णय हुने

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले समूहको स्थायी कमिटी बैठक जारी छ । काठमाडौँ बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई पूरानै अवस्थामा फर्काएको र बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल भइरहेको छ ।

ओलीले बुधबार दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए । तर, उक्त बैठकमा नेपाल समूहको सहभागीता थिएन् ।

ओलीले माओवादी परित्याग गरेको चार, आफ्नो समूहका दुई र नेपाल समूहका दुई गरी ८ जनालाई स्थायी समितिमा चयन गरेका थिए । ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ ।

एमाले पूरानै सांगठानिक संरचनामा फर्काउने निर्णय गरेपछि ओली समूहका दोस्रो नेताहरुले नेपाल समूहसँग वार्ता र छलफललाई तीब्रता दिएका छन् । आज विहानै पनि नेपाल र ओली समूहका दोस्रो पुस्ताका नेताबीच आज ४ बजे छलफल हुने भएको छ ।

नेपाल समूहमा ओलीको कदमबारे दुई फरकफरक धारणा छन् । एकथरी नेताहरु एमालेमै फर्किने र अर्कोथरी नयाँ पार्टी बनाएर अगाडि बढ्ने । एमालेमै फर्किएर ओलीलाई अध्यक्ष मानेर फर्किन चाहनेको संख्या अल्पमतमा छ ।

ओली माधव कुमारसहित कारवाही गरेका ११ नेता बाहेक सबैलाई केन्द्रीय समिति बैठकको खबर गरिएको छ । तर, भोलि बोलाइएको बैठकमा सहभागी हुने वा नहुने नेपाल समूहले आज निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal