आज :

आजबाट देशभर भारी बर्षाः बाढी–पहिरो खाउन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । आजबाट देशभर फेरि मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगे बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविदले अनुमान गरेका छन् ।

आजदेखि शनिबारसम्म देशका केही स्थानमा भारी बर्षा हुने र धेरै स्थानमा बाढी र पहिरो आउन सक्ने भन्दै सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोसी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal