आज :

प्रतिनिधिसभा विघटनः रिट निवेदकको पक्षमा बहस आज सकिँदै, सरकारी पक्षको बहस सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनको तर्फको बहस आज सकिँदैछ । बहस सुरु भएको चौंथो दिनमा आइतबार रिट, निवेदक तर्फका कानुन व्यवसायीले बहस सकिने भएको छ ।

संवैधानिक इजलासले निवेदक तर्फका कानुन व्यवसायीका लागि सुरुवाती बहस गर्न तोकेको १२ घण्टा यसअघि नै सकिएको छ । आज २ घण्टा ३५ मिनेट समय मात्रै बाँकी छ । अब निवेदक तर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागी थप ३ घण्टा समय पाउनेछन् ।

त्यसैगरी रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि आजै सरकार पक्षका कानुन ब्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् । सभामुख अग्नि सापकोटाका कानुन ब्यवसायीसहित सरकार पक्षका कानुन ब्यवसायीलाई बहसका लागी संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

काँग्रेस सभापति शेर बहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट असार १० मा बरिष्ठ अधिवक्ताहरू रमन कुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेश कुमार सिंह, हरि उप्रेती, शेर बहादुर केसी, वोर्ण बहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

शुक्रवार (असार ११)मा बरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणी पोखरेल, सुनिल पोखरेल, टिकाराम भट्टराई, बरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् ।

असार ९ मा बरिष्ठ अधिवक्ता बद्रि बहादुर कार्की, महादेव यादव, शम्भु थापा, अधिवक्ताहरू गोविन्द शर्मा बन्दी र खम्ब बहादुर खातीले बहस गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal