आज :

५ हजार ४५५ जनाले काेराेना जित्दा १ हजार ७२१ संक्रमित 

काठमाडौँ । नेपालमा काेराेना संक्रमित भन्दा निकाे हुनेकाे संख्या दाेब्बरले बढी भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा देशभर २ हजार बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको ९ हजार ५८६ पीसीआर परीक्षणमा १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ७६५ एन्टिजेन परीक्षणमा ७५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal